Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया, अमेरिका र बेलायतबीच नयाँ सुरक्षा सम्झौता, यस्तो छ समझदारी

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच नयाँ सुरक्षा सम्झौता, यस्तो छ समझदारी


एजेन्सी । अष्ट्रेलिया, अमेरिका र बेलायतबीच नयाँ सुरक्षा सम्झौता भएको छ । डेढ वर्ष अघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति भएको हो ।

सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै त्रिपक्षीय नयाँ सम्झौताको जानकारी गराउनुभएको छ । अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने प्रधानमन्त्री एल्बानिजले बताउनुभएको छ । अष्ट्रेलियाले खरिद गर्ने ति पनडुब्बी नयाँ पुस्ताको हतियार बाहक हुने र त्यसले क्षेत्रीय शक्ति सन्तुलन बनाएर राख्ने अमेरिकी दावी छ । इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि यि ३ देशबीच औकस गठबन्धन बनेको थियो ।

तीन देशबीचको यो गठबन्धनलाई फ्रान्सले भने खुलेरै विरोध गर्दै आएको छ । जर्मनी समेत यो गठबन्धनसँग खुशी देखिएको छैन । अष्ट्रेलिया, अमेरिका र बेलायत बीचको गठबन्धन र एक आपसको सहकार्यलाई धेरै राष्ट्रहरुले शंकाको नजरले हेरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ