Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअमेरिकामा रहेका नेपालीहरुको भब्य होली, यस्तो देखियो (फोटो डायरी)

अमेरिकामा रहेका नेपालीहरुको भब्य होली, यस्तो देखियो (फोटो डायरी)


गणेश थापा, अमेरिका । संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन् । नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमवार आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रह्यो ।

नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित होली उत्सवमा एक हजारभन्दा बढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले जानकारि दिनुभयो ।

प्रवासको ब्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय संधै कटिबद्ध रहिरहने पोखरेलको भनाई छ ।

यता ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगंटन डिसी लगायतका ठॉउहरूमा रहेका नेपालीहरूले एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ