Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमा वायु प्रदूषण : बुटवल र काठमाडौंमा उच्च जोखिम, अरु ठाउँको अवस्था यस्तो !

नेपालमा वायु प्रदूषण : बुटवल र काठमाडौंमा उच्च जोखिम, अरु ठाउँको अवस्था यस्तो !


काठमाडौं । पछिल्लो समय देशभर वायु प्रदूषण बढेको छ । अन्य क्षेत्रको तुलनामा आज बुटवलमा सबैभन्दा धेरै वायु प्रदूषण मापन भएको छ । यसपछि काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च छ । दाङ र धनकुटामा पनि प्रदूषण बढेको पाइएको छ ।

हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) बुटवलमा १ सय ७२ मापन गरिएको छ। यो आज बिहान आठ बजे मापन गरिएको प्रदूषणको वास्तविकता हो । यस्तै, कीर्तिपुरमा १ सय ६९, काठमाडौंको १ सय ६७, भक्तपुरमा १ सय ६१ एक्यूआई मापन भएको छ । दाङमा १ सय ५८ र धनकुटामा एक्यूआई १ सय ५२ रहेको छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । यसले प्रदूषणको मात्रा मापन गर्दछ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वच्छ हावाका लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । सकेसम्म काम नपरि घरबाट बाहिर ननिस्कने र निस्कँदा मास्क लगाउन डाक्टरले सबैलाई सुझाव दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ