Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुएईमाथी रोमाञ्चक जित निकाल्दै नेपाल यू–१९ क्रिकेट विश्वकपमा, यस्तो रह्यो खेल

युएईमाथी रोमाञ्चक जित निकाल्दै नेपाल यू–१९ क्रिकेट विश्वकपमा, यस्तो रह्यो खेल


काठमाडौं । घरेलु टिम यूएईमाथि रोमाञ्चक जित हात पार्दै नेपालले यू–१९ विश्वकपमा स्थान सुरक्षित गरेको छ । यूएईस्थित इडेन गार्डेन ओभल अज्मान मैदानमा हारको नजिक पुगेको नेपाललाई दिपेश कँडेलले ह्याट्रिक विकेट लिँदै जित दिलाएपछि विश्वकपमा छनौँट भएको हो ।

एसिया रिजन छनोटमा अपराजित रहेको नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाएको छ । ८ वर्षपछि नेपाल उमेरसमूहको विश्वकपमा पुगेको हो । जितका लागि नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८.८ ओभरमा अलआउट भयो । जितका लागि यूएईलाइ १५ बलमा ९ रन मात्र चाहिएको अवस्थामा दिपेशले ४७औं ओभरमा लगातार तीन विकेट लिए । यूएईका इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रन, ओपनर अर्यान्स शर्मा ३२ रन, अर्का ओपनर आर्यान सक्सेना ३४ रनको योगदान दिए । ध्रुव पराश १७ रनमा पभेलियन फर्किएका थिए ।

नेपालको बलिङमा दिपेश कँडेलले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । हेमन्त धामी र सुबास भण्डारीले दुई–दुई विकेट लिएका थिए । यसअघि, टस हारेर ब्याटिङ थालेको नेपालले ७ बल बाँकी रहँदा अलआउट हुँदै १ सय ९१ रनको चुनौँती दिएको थियो । ओपनर दिपक बोहरा डकआउट हुँदा अर्जुन कुमाल तीन रन बनाएर पभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिजमा आएका आकाश त्रिपाठी ९ रनमा पभेलियन फर्कँदा कप्तान देव खनालले उत्तम रङगु थापा मगरसँग अर्धसतकीय साझेदारि गर्दै नेपालको इनिङ उकासेका थिए । देव ८४ बल खेल्दै ३ चौका र एक छक्का प्रहार गरेर आउट भए । भने, उत्तम ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन बनाएर पभेलियन फकिए । बिशाल विक्रम केसी ३८ रनमा एलबी डब्लू आउट हुँदा मिलन बोहरा १० र दिपेश कँडेल १५ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नै सकेनन् ।

यूएईका ध्रुव प्राशरले ६.५ ओभरमा १ मेडनसहित १८ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । हरित हरिश शेट्टी र आर्यान अफ्जल खानले समान दुई विकेट लिँदा हर्सित सेट र अमर बदामीले एक–एक विकेट लिएका थिए।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ