Sunday, 28 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी अर्बपति एलन मस्क विश्वकै धनी, भारतीय अर्बपति गौतम अदानी सम्पत्ति गुमाउँदै !

अमेरिकी अर्बपति एलन मस्क विश्वकै धनी, भारतीय अर्बपति गौतम अदानी सम्पत्ति गुमाउँदै !


एजेन्सी, काठमाडौं । अमेरिकी अर्बपति एलन मस्क फेरि पनि विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । ब्लुमबर्गको तथ्याङ्कअनुसार दोस्रो नम्बरमा झर्नुभएका मस्क टेस्ला कम्पनीको शेयर बढेसँगै पुनः शीर्ष स्थानमा उक्लनुभएको हो ।

मस्कको कुल सम्पत्ति १ सय ८७ बिलियन डलर नाघेको छ । मस्क पहिलो स्थानमा उक्लिएपछि गएको डिसेम्बरदेखि निरन्तर पहिलो नम्बरमा रहनुभएका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट दोस्रो स्थानमा झर्नुभएको छ । अर्नाल्टको सम्पत्ति १ सय ८५ बिलियनभन्दा केही बढी रहेको छ । मस्कले ट्विटर किनेपछि कार निर्माता कम्पनी टेस्लाको शेयर बजार तीव्ररूपमा घटेको थियो । तर सन् २०२३ सुरु भएदेखि टेस्लाको शेयर निरन्तरजसो बढिरहेको छ । मस्कले सन् २०२२ मा २ सय ३ अर्ब डलर सम्पत्ति गुमाउनुपरेको थियो । मस्कको सम्पत्ति मंगलबार एकै दिन झन्डै ७ अर्ब डलर थपिएको थियो ।

यता, भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम निरन्तर जारी छ । सन् २०२३ को सुरुमा १ सय १९ अर्ब डलर सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीको तेस्रो नम्बरमा पर्नुभएका अदानीको सम्पत्ति एक महिनामा ८२ अर्ब डलरभन्दा धेरैले घटेको छ । धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट अदानी ३२ औँ नम्बरमा झर्नुभएको छ । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले गएको हप्ता भारतीय व्यवसायी गौतम अदानीमाथि जालसाजीको आरोप लगाउँदै एक प्रतिवेदन सार्वजनिक गरेपछि उहाँको सम्पत्ति गुम्दै १ सय १९ अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ