Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaलागुऔषध प्रयोगकर्तालाई लक्षित गरेर क्वीन्सल्याण्ड राज्यमा औषधी परिक्षण गरिदै

लागुऔषध प्रयोगकर्तालाई लक्षित गरेर क्वीन्सल्याण्ड राज्यमा औषधी परिक्षण गरिदै


ब्रिजबेन । क्वीन्सल्याण्डमा पहिलो पटक औषधि परीक्षण साइटहरू सञ्चालनमा ल्याइएको छ । यस्ता साइटमार्फत लागूऔषध प्रयोगकर्ताहरूले लिइरहेका औषधिहरूको सामग्रीहरू पहिचान गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।

सरकारी तबरबाट हुने ट्रायल सञ्चालनका लागि सेवा प्रदायकको खोजी सुरु भएको छ । प्रोटोकल विकासको काम जारी रहेको र राज्यका केही निश्चित स्थान, मोवाईल सेवा मार्फत औषधी परिक्षणको कार्यक्रम अघि बढाइने बताइएको छ । अष्ट्रेलियन क्यापिटल टेरिटोरीपछि औषधी परीक्षणलाई अनुमोदन गर्ने क्वीन्सल्याण्ड दोस्रो राज्य बन्नेछ । यो कार्यक्रमले व्यक्तिगत मात्रामा अवैध लागूऔषध बोक्ने व्यक्तिहरूलाई दोषी ठहराउनु अघि तीन चरणको परिक्षणको मौका प्राप्त हुनेछ । सरकारले यो परीक्षण “प्रयोगकर्ताहरूको व्यवहार परिवर्तन गर्न र लागूपदार्थको प्रयोगबाट हुने हानिको जोखिम कम गर्ने” मुख्य लक्ष्य सहित अघि बढाएको जनाएको छ ।

स्वास्थ्य मन्त्री यवेट डीआथले औषधिमा के रासायनिक पदार्थहरू छन् यसका असर र फाईदा के कस्ता छन ? भन्ने परिक्षणले राज्यको स्वास्थ्य कार्यक्रमा ठूलो सहयोग पुग्ने बताउनुभएको छ । मन्त्री डीआथले समुदायमा लागुऔषध लिने व्यवहारलाई परिवर्तन गराउन र उनीहरुले प्रयोग गर्ने मात्रा यो परिक्षणले मद्धत गर्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ