Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोरोनाविरुद्धको पाँचौ डोज खोप लगाउने तयारी, तपाई छुट्नुहोला !

अष्ट्रेलियामा कोरोनाविरुद्धको पाँचौ डोज खोप लगाउने तयारी, तपाई छुट्नुहोला !


ब्रिजबेन । अष्ट्रेलियामा कोभिड–१९ विरुद्धको पाँचौ डोज खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको छ । संघीय सरकारले अष्ट्रेलियाको प्राविधिक सल्लाहकार समूह अन इम्युनाइजेसन (एटीएजीआई) को सल्लाह अनुसार फेब्रुअरी २० देखी वयस्कहरूलाई कोरोनाविरुद्धको पाँचौं डोज खोप उपलब्ध गराउन लागेको हो ।

पहिलो चरणमा छ महिनामा कोभिड–१९ को खोप नलगाएका, कोरोनाभाइरसको पुष्टि नभएका व्यक्तिलाई यो खोप उपलब्ध गराइनेछ । कोरोनाविरुद्धको पाँचौं खोप अष्ट्रेलियामा गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज भएका वयस्कहरूका लागि थप सुरक्षाका लागि उपलब्ध गराउन लागिएको सरकारी अधिकारीहरुले जनाएका छन् । १८ वर्ष र माथिका नागरिकयोसँगै चौथो खोपको डोज दिन योग्यो मध्ये मात्र ४४ प्रतिशतले खोप पाएका कारण १८ देखी २९ वर्षका अष्ट्रेलियालीहरूलाई चौथो डोज पनि उपलब्ध गाराउने तयारी गरिएको छ । १८ वर्ष भन्दा कम उमेरकालाई भने थप बुस्टर डोज उपलब्ध नगराइने बताइएको छ ।

बुस्टर खोपले गम्भीर रोगको जोखिममा रहेकाहरुलाई सुरक्षित बनाउने एटीएजीआईको दाबी गरेको छ । बूस्टर डोजका लागि ओमिक्रोन–विशिष्ट एमआरएनए खोपहरूलाई प्राथमिकता दिइएको छ । गएको जनवरीसम्म योग्य जनसंख्याको ७२ प्रतिशतले कोरोनाविरुद्धको तीन डोज खोप लिएको सरकारी रेकर्ड छ । ५ दशमलब ४ मिलियन मानिसहरू चौथो डोज खोप लगाउनबाट बाहिर रहेको आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ