Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब, यस्तो देखिदैछ असर !

युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब, यस्तो देखिदैछ असर !


एजेन्सी । युरोपेली सङ्घले अहिले युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको भन्दै सङ्घले यो खराब अवस्था पाँच सय वर्षयताको खराब भएको जनाएको हो ।

युरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र थप १७ प्रतिशत भू–भागमा खडेरीको प्रभाव पर्न थालेको सङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ । खडेरीका कारण उत्पादनमा असर पर्नुको साथै डढेलो बढाउने चेतावनी समेत दिइएको छ । खडेरीका कारण सन् २०२२ मा अघिल्ला पाँच वर्षको औसत उत्पादनको तुलनामा मकैको उत्पादन १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने युरोपेली सङ्घले आँकलन गरेको छ ।

खडेरीका कारण युरोपका सबैजसो नदीमा पानीको मात्रा घटेको छ । यसले पारवाहन र जलविद्युत् उत्पादनमा पनि समस्या बढाएको छ । खडेरीका कारण युरोपेली नदी घटिरहँदा नदीमुनि छोपिएका ऐतिहासिक अवशेष बाहिरबाटै देखिन थालेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ