Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया आएका पाकिस्तानी विद्यार्थी विमानस्थलबाटै फिर्ता, यसरी बनौँ सुरक्षित !

अष्ट्रेलिया आएका पाकिस्तानी विद्यार्थी विमानस्थलबाटै फिर्ता, यसरी बनौँ सुरक्षित !


ब्रिजबेन। अष्ट्रेलियाको अध्यागमनले पाकिस्तानका २ जना बिद्यार्थीलाई सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाटै फिर्ता गराएको घटनाले विद्यार्थी भिसाको कडाई सबैका लागि भएको खुलेको छ । नक्कली कागजात पेश गरेको भेटेपछि भिसा रद्द गरेर स्वेदश फिर्ता पठाइएको हो ।

बिद्यार्थी भिसामा आएका पाकिस्तानका २ जना विद्यार्थीहरुलाई अध्यागमनले शंका लागेर उनीहरुको प्रतिवेदनबारे सोधपुछ गरेको थियो । भिसाका लागि पेश गरेको आर्थिक प्रतिवेदनबारे प्रश्न गर्दा उनीहरुले सबै काम एजेन्टले गरिदिएको र आफूहरुलाई केही पनि थाहा नभएको जवाफ फर्काएका थिए । यो घटनाले बास्तबिक आर्थिक प्रतिवेदनसहित दक्ष विद्यार्थी मात्रै भित्र्याउने रणनीति सबै देशका लागि समान रुपमा लागू गरिने शंकेत देखिएको छ । यो घटनासँगै नेपालबाट भिसा लागेका र प्रक्रियामा रहेका विद्यार्थीहरु समेत सशंकित भएका छन् ।

नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया जान चाहानेहरु सबै एजेन्टको मात्र भर पर्न नहुने नेपाल शैक्षिक परामर्श संघ (क्यान) का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो । आर्थिक प्रतिवेदनसहित सोध्न सकिने सम्भावित सबै सबालमा जवाफ दिनसक्ने नभए नेपाली लगायतका जो कोही विद्यार्थी अध्यागमनको निगरानीमा पर्न सक्ने देखिएको छ । नेपाल ट्युबसँग कुरा गर्दै रजिस्ट्रेट माइग्रेसन एजेन्ट समेत रहनुभएका नोभा एजुकेशन ब्रिजबेनका अध्यक्ष नारायण कोइरालाले भाषा, शिक्षा र आर्थिक रुपमा सबल विद्यार्थी मात्रै ल्याउने उद्देश्य अनुसार फाइनान्सिएज कागजातको विश्वसनिय आधार जाँच गर्न खोजिएकाले नेपालबाट आउने विद्याथीहरुलाई आफ्नो डकुमेन्टहरु एजेन्टको सहयोगमा नभई सकभर आफैँले तयार गर्न सुझाब दिनुभएको छ ।

भिसाका लागि पेस गरिएका कागजातहरु सही भएमा अष्ट्रेलियाको भिसामा कुनै समस्या नहुने, विद्यार्थीहरु आत्तिन नपर्ने क्यानका अध्यक्ष पाण्डेले बताउनुभएको छ । अष्ट्रेलियाको हाई कमिसनले भिसा आवेदनमा कडाइ गरिरहेका बेला अध्यागमनले बिमास्थलबाटै भिसा रद्द गरेर फर्काएको यो नै पहिलो घटना हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ