Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालबाट ४० देखी ५० मेगावाट बिजुली किन्न बङ्गलादेश सहमत, सहज होला त भारतिय बाटो !

नेपालबाट ४० देखी ५० मेगावाट बिजुली किन्न बङ्गलादेश सहमत, सहज होला त भारतिय बाटो !


काठमाडौं । बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने सहमति जुटेको छ । काठमाडौंमा बिहिबार सकिएको दुई देशका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी जेएससीको चौथो बैठकले यस्तो सहमति गरेको हो ।

उर्जा व्यापारको सहमति भएपनि नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने बारे समेत सहमति जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारि दिनुभयो । प्राधिकरण र बङ्गलादेशको बोर्डले एनभीभीएनलाई अनुरोध गरेपछि बाँकी प्रक्रिया अघि बढ्नेछ । एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो । अहिले भारतबाट बिजुली लगिरहेको संरचनाले झन्डै ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने भएकाले धान्ने बराबरको बिजुली लैजान बङ्गलादेश तयार भएको छ ।

बङ्गलादेशले यसअघि नै नेपालबाट सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने घोषणा गरेअनुसार नै खरिद प्रक्रिया सुरु गर्न लागेको बताइएको छ । यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) सँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कुल ५ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता आउँदो सेप्टेम्बरसम्म गर्नेगरि तयारी अघि बढाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ