Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा विदेशी ‘मुभमेन्ट’ बढेसँगै राष्ट्रिय अनुसन्धान विभागले थाल्यो फोन ट्यापिङ !

नेपालमा विदेशी ‘मुभमेन्ट’ बढेसँगै राष्ट्रिय अनुसन्धान विभागले थाल्यो फोन ट्यापिङ !


काठमाडौं । नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेसँगै राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले आफूसँग रहेका फोन ट्यापिङ मेसिनलाई सक्रिय बनाइएको हो ।

विभाग श्रोतका अनुसार अमेरिका, भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउने जाने क्रम बढेपछि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको पाइएको छ । फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन । बेलाबखत भने मेसिन प्रयोग गरेर ट्यापिङ गर्नेगरिएको छ । ‘केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो’, नाम नखुलाउने सर्तमा अनुसन्धान विभागका एक अधिकारीले बताउनुभयो । दुई महिनायता ट्यापिङ मेसिन सक्रिय बनाइएको विभागकै कर्मचारीले बताउने गरेका छन् ।

नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट्यापिङ गर्न दिनुपर्ने माग विभाग मार्फत उठ्दैआएपनि सार्थकता पाउन सकेको छैन । विभागले फोन ट्यापिङको माग सम्बोधन गर्न कानुन निर्माणको प्रक्रिया सुरु गरिएपनि शासक र प्रशासकहरु इमान्दार नबन्दा रोकिएको छ । सूचना चुहाउने, कतिपय साँठगाँठ र लेनदेनमा उच्च पदस्थ, शासक र प्रशासकहरुकै उठबस हुने चर्चा समेत बेलामौकामा हुने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ