Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरिवाना, कारण यस्तो !

मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरिवाना, कारण यस्तो !


ब्रिजबेन । फेयरवर्क अम्बुडस्म्यानले दर्ता गरेको मुद्दामा संघिय सर्किट अदालतले गरेको फैशला अनुसार मेलबर्नको क्याफे र सञ्चालकले २४ हजार ५०८ दशमलब ८० डलर जरिवाना तिरेका हुन ।

संघीय अदालतको फैशला अनुसार क्याफेले २२ हजार ६४४ डलर र निर्देशकले १८६४.८० डलर जरिवाना तिरेका छन् । क्याफेमा काम गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई कानुन अनुसारको भुक्तानी नदिएको गुनासोका आधारमा क्याफे र सञ्चालक विरुद्ध फेयरवर्क अम्बुडस्म्यानले अनुसन्धानसँगै कारबाही अघि बढाएको थियो । फेयरवर्क अम्बुडस्म्यानले कानुनी कारबाही सुरु गरेपछि भने क्याफेले कामदारलाई ४ हजार ४७३ दशमलब ९७ डलर फिर्ता दिएको थियो ।

कार्यवाहक फेयरवर्क अम्बुडस्म्यान माइकल क्याम्पबेलले कामदारमाथी ठगी गर्ने, कानुन उल्लंघन गर्नेहरु दण्डित बन्नुपर्ने भन्दै बेलैमा समेत हुन आग्रह गर्नुभएको छ । श्रम ऐन अनुसारको भुक्तानी नदिनेहरु विरुद्धको अनुगमन र कारबाही तिब्र पारिएको भन्दै क्याम्पबेलले कामदारहरूलाई समेत सचेत बन्न आह्वान गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ