Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली लाइसेन्समाथी कडाई गरिदै, सिड्नीमा आउँदैछ यस्तो नियम

अष्ट्रेलियामा नेपाली लाइसेन्समाथी कडाई गरिदै, सिड्नीमा आउँदैछ यस्तो नियम


ब्रिजबेन । न्यू साउथ वेल्स सरकारले नेपाल लगायतका केही विदेशी राष्ट्रका सवारी चालक अनुमति पत्रलाई कडाई गर्नेगरि कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ । सर्भिस न्यू साउथ वेल्सले नेपाल ट्युबलाई दिएको जानकारी अनुसार विदेशी लाइसेन्सका केही मापदण्ड संशोधन गर्नेगरि रोड ट्रान्सपोर्ट ऐन २०१३ र नियमावली २०१७ संशोधनको प्रक्रिया अघि बढाइएको हो ।

सरकारी प्रस्ताव अनुसारकै कानुन संशोधन भएमा न्यू साउथ वेल्समा अस्थायी भिसामा रहेका नेपाली लाइसेन्सबाहकले प्रवेशको तीन महिना मात्रै सवारी चलाउन पाउनेछन् । यसपछि स्थानीय लाइसेन्स लिनुपर्ने हुन्छ । न्यू साउथ वेल्स सरकारले यथासक्य छिटो कानुन संशोधनको प्रक्रिया पुरा हुने जानकारी दिदै लाइसेन्सको अन्तिम समय अवधी नकुर्न सुझाब दिएको छ । २०२० को नोभेम्बर २९ मा न्यु साउथ वेल्सको हन्टर क्षेत्रको रोडमा नाइजेरियाको लाईसेन्सबाहक चालकले गराएको दुर्घटनाबाट एक स्थानीयको मृत्यु भएपछि कानुन संशोधनको दबाब सरकारमाथी परेको हो ।

हालै मात्र अर्को राज्य भिक्टोरियाले अस्थायी भिसामा भएपनि आएको ६ महिनाभित्र स्थानीय लाइसेन्स लिनुपर्ने नियम लागु गरेको छ । यसअघिसम्म पीआरको ६ महिनापछि स्थानीय लाइसेन्स लिनुपर्ने नियम रहेको थियो । नर्दन टेरोटोरीमा भने पहिलेदेखी नै प्रवेशको ३ महिनाभित्रै स्थानीय लाइसेन्स लिनुपर्ने नियम लागु गरिएको छ । यी बाहेकका राज्यहरुमा अस्थायी भिसामा रहेका नेपाली लाइसेन्सवाहकले भिसाको समयअवधीसम्मै सवारी चलाउन पाउँछन भने पीआर पाएको तीन महिनामा स्थानीय लाइसेन्समा कन्भर्ट गर्नुपने व्यवस्था गरिएको छ ।

नेपाली र अष्ट्रेलियन सडक नियम फरक–फरक हुने भएकाले कानुनी व्यवस्था र अन्तिम मिति कुर्ने भन्दा पनि यथासक्य छिटो स्थानीय लाइसेन्स लिने प्रक्रिया थाल्न लामो समयदेखी अष्ट्रेलियामा क्रियाशिल सञ्चारकर्मी सरल गुरुङले सुझाब दिनुभएको छ । अष्ट्रेलियामा विदेशी लाइसेन्स होल्डरहरूले मनोमानी तथा लापरबाही गरेका कारण सवारी दुर्घटना बढ्दै गएको भन्दै निगरानी बढाइएको छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ