Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकिन निरन्तर घट्दैछ अष्ट्रेलियन डलरको भाउ, यस्तो छ अन्य मुद्राको अवस्था !

किन निरन्तर घट्दैछ अष्ट्रेलियन डलरको भाउ, यस्तो छ अन्य मुद्राको अवस्था !


काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहनेछ ।

बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ७२ पैसाले घटेको छ। पछिल्लो केही दिन यता अष्ट्रेलियन डलरको भाउ निरन्तर ओरालो लागेको छ। अन्य मुद्राको तुलनामा केहीदिन यता अष्ट्रेलियन डलर कमजोर बनेको छ । यस्तै, डलरको खरिद दर १२६ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ९६ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसामा आज कारोबार हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९४९ पैसा र बिक्री दर १५४ रुपैयाँ २२ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ