Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबिरामी बोक्ने एम्बुलेन्समा लागूऔषध, अब के होला त कारबाही ?

बिरामी बोक्ने एम्बुलेन्समा लागूऔषध, अब के होला त कारबाही ?


काठमाडौं । एम्बुलेन्स, बिरामीहरुलाई उपचारका लागि स्वास्थ्य संस्था वा अस्पतालसम्म पुर्याउन प्रयोग गरिने यातायातको साधन । तर नेपालमा बिरामी बोक्न प्रयोग गरिने अत्यावश्यक एम्बुलेन्स दुरुपयोग हुने गरेको पाइएको छ ।

सोमबार मात्रै पनि लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । गोप्य सूचना पछ्याएको प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्समा ९० किलो प्रतिबन्धित लागूऔषध गाँजासहित चालकलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्गबाट पूर्व जाँदै गरेको एम्बुलेन्सलाई लहानबाट पक्राउ गरेको थियो । घटनाबारे चालकसँग सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अत्यावश्यक सवारी मानिने एम्बुलेन्सलाई अपराधीक गतिबिधिमा दुरुपयोग गरिएको यो पछिल्लो प्रमाण हो । कम जाँच हुने भएकाले सुन तस्करी, अबैध मुद्राको ओसारपसार, अबैध कपडा आयात, प्रतिबन्धीत बिभिन्न लागूऔषध एम्बुलेन्समा राखेर ओसार पसार गर्ने घटना बढेपछि प्रहरीले एम्बुलेसन्समाथीको निगरानी समेत पछिल्लो समय बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ