Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजनरल मोटर्सको गाडी चढ्दै हुनुहुन्छ ? ब्रेकमा समस्या, फिर्ता मागिए १४ हजार गाडी !

जनरल मोटर्सको गाडी चढ्दै हुनुहुन्छ ? ब्रेकमा समस्या, फिर्ता मागिए १४ हजार गाडी !


अष्ट्रेलिया । गाडीको ब्रेक बूस्टर फेल हुन सक्ने डरले जनरल मोटर्सले करिब १४ हजार होल्डन जेडबी कमोडोरहरू फिर्ता बोलाएको छ। जेडबी कमोडोरहरू होल्डनको प्रतिष्ठित नेमप्लेटको अन्तिम उत्पादन हुन् ।

कम्पनीले ब्रेक बूस्टरमा समस्या रहेको भन्दै फिर्ता बोलाएपछि अष्ट्रेलियामा रहेका १३ हजार ८९८ वटा कारहरूको गुणस्तरमा समेत प्रश्न उब्जिएको छ । यी कार सन् २०१७ देखि २०२० को बीचमा ल्याइएको पाइएको छ । यदि जेडबी कमोडोरको ब्रेक बूस्टर असफल भयो भने यसले गाडीमा सवार वा अन्य सडक प्रयोगकर्ताहरूलाई गम्भीर चोटपटक वा मृत्यु निम्त्याउने दुर्घटनाको जोखिम बढाउन सक्ने आँकलन भैरहेको छ । जेडबी कमोडोरसँगै जनरल मोटर्सको गुणस्तरमा समेत प्रश्न उठेपछि अष्ट्रेलियाका प्रयोगकर्ताहरु समेत समस्यामा परेका छन् ।

प्रभावित सवारी साधनका मालिकहरूलाई जनरल मोटर्स अष्ट्रेलिया र न्युजिल्यान्डले सम्पर्क गरेर फिर्ता लिने बताइएको छ । गाडी प्रयोगकर्तालाई इलेक्ट्रोनिक ब्रेक कन्ट्रोल मोड्युल (EBCM) सफ्टवेयर निस्शुल्क अद्यावधिक गर्न स्थानीय डिलरमा सम्पर्कका लागि आह्वान समेत गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ