Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिसबेनको एक घरमा महिला र पुरूष मृत फेला, पारिवारिक हत्याको आशंकासहित अनुसन्धान !

ब्रिसबेनको एक घरमा महिला र पुरूष मृत फेला, पारिवारिक हत्याको आशंकासहित अनुसन्धान !


ब्रिजबेन, अष्ट्रेलिया । ब्रिसबेनको एक घरमा महिला र पुरूष मृत फेला परेको घटनालाई प्रहरीले पारिवारिक हत्याको प्रारम्भिव आँकलनसहित अनुसन्धान अघि बढाएको छ ।

सोमबार बिहान ९ः ४० बजेको समयमा कोलिड स्ट्रीटको एक घरमा ४० वर्षीय महिला र २० वर्षीय पुरूषको शव फेला पारेको थियो । सोही घटनास्थलमा अर्का ४७ वर्षीय पुरूषलाई आफ्नै हात र खुट्टा काटेको अवस्थामा प्रहरीले फेला पारेको थियो । दुई मृतक व्यक्तिमाथि उन्मादपूर्ण आक्रमण गरिएको हुनसक्ने प्रहरीले प्रारम्भिक आँकलन गरेको छ । घाइते अवस्थामा फेला परेका व्यक्तिको उपचार भइरहेको बताइएको छ । फरेन्सिक परीक्षणमार्फत घटनाको बास्तविकता खोज्न प्रहरी अघि बढ्ने बताइएको छ ।

ब्रिसबेनका डिटेक्टिभ सुपरिटेन्डेन्ट एन्ड्र्यु मसिंघमले घटनामा प्रयोग गरिएका २ हतियार रगत लतपतिएको अवस्थामा बरामद गरिएको र घटनास्थलको वस्तुस्थिति र प्राप्त प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइएको जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ