Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पाचौं नेपाली लाइभ म्युजिक मेला हुदै, यसपाली 1974 AD ब्याण्ड आउदै

अष्ट्रेलियामा पाचौं नेपाली लाइभ म्युजिक मेला हुदै, यसपाली 1974 AD ब्याण्ड आउदै


ब्रिजवेन/ पाचौं नेपाली लाइभ म्युजिक मेलाका लागि यसपाली चर्चित ब्याण्ड 1974 AD अष्ट्रेलिया आउने भएको छ । मेलामा सहभागी हुन 1974 AD  व्याण्डका ८ जना सदस्य आउने तय भएको ब्रिजवेनका आयोजकले जनाकारी दिएको छ । ब्रिजवेनमा सेप्टेम्बर ६ र सिड्नीमा सेप्टेम्बर ९ मा कन्सर्ट हुदैछ ।

रोटेपिङ इन्टरटेन्टमेन्टले मेलाको व्यवस्थापन गरेको हो । तर, ब्रिजवेनमा भने सि इभेन्टले कार्यक्रमको संयोजन गरेको छ । ब्रिजवेनको भ्यालीस्थित टिभोलीमा कन्सर्टको आयोजना हुने भएको हो । कन्सर्टमा ब्याण्ड बाहेक ब्रिजवेनकै डिजे सुरज, डिजे गोरखा र सिड्नीका डिजे नटकेसले समेत प्रस्तुति दिने कार्यक्रम रहेको सि इभेन्टका संयोजक अतुल खड्काले जानकारी दिनुभयो । कार्यक्रममा अध्ययनका लागि हालै अष्ट्रेलिया आएका नेपाल आइडलका उपबिजेता बिक्रम बरालले समेत गित गाउने कार्यक्रम छ । अगष्ट २० सम्म अर्लि बर्डका रुपमा प्रतिटिकट ३० डलरमा पाइने र त्यसपछि ४० डलर तिर्नुपर्ने आयोजकले जानकारी दिएको छ । कन्सर्ट हुने बेलामा कार्यक्रम स्थलमै किन्दा भने टिकटको ५० डलर पर्नेछ । अनलाईनबाट किन्दा अतिरिक्त शुल्क तिनुपर्नेछ भने बढीमा १० वटासम्म मात्र खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

लाइभ म्युजिक मेलाको पहिलो संस्करण सन् २०१५ मा नेपथ्य ब्याण्डबाट सुरु भएको थियो । त्यसपछि सन् २०१६ मा यम बुद्ध र एज्ड ब्याण्ड र तेस्रो संस्करण २०१७ मा तृष्णा गुरुङ र मन्त्र ब्याण्ड अष्ट्रेलिया आएका थिए । त्यस्तै सन् २०१८ मा भएको चौथो संस्करणका लागि एज्ड ब्याण्ड, लाहुरे र मुक्ती एण्ड रिभाइभल आएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ