Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतिजमा प्रकाश सपुत, करिश्मा ढकाल र देवी घर्ति अष्ट्रेलिया आउदै, ब्रिजवेनमा २५ अगष्ट झम्के तिज

तिजमा प्रकाश सपुत, करिश्मा ढकाल र देवी घर्ति अष्ट्रेलिया आउदै, ब्रिजवेनमा २५ अगष्ट झम्के तिज


ब्रिजवेन/ हिन्दु नारीहरुको पर्व तिजको अवसर पारेर अष्ट्रेलियाको विभिन्न शहरमा सांगितिक कार्यक्रम गर्न नेपालका ३ जना कलाकार अष्ट्रेलिया आउने भएका छन् । मायालु इन्टरटेन्टमेन्टको आयोजनामा गायक प्रकाश सपुत र कलाकार करिश्मा ढकाल अष्ट्रेलिया आउन लागेको हो । गायिका देवी घर्तिमगरलाई भने बिशाल इन्टरटेन्टमेन्टले अष्ट्रेलिया बोलाएको हो ।

मायालु तिज मेला २०२२ अन्तगर्त क्यानवेरामा अगष्ट १३, सिड्नीमा अगष्ट १९ र तास्मानियाको लनचेस्टनमा अगष्ट २१ र होबार्टमा अगष्ट २३ मा तिज कार्यक्रम हुने आयोजकको भनाई छ । त्यस्तै ब्रिजवेनमा अगष्ट २५, मेलवर्नमा २६ र पर्थमा अगष्ट २८ मा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

ब्रिजवेनमा झम्के तिज मेला

अष्ट्रेलिया टुरमा रहेका कलाकारको समुह ब्रिजवेनमा अगष्ट २५ तारिखमा झम्के तिज मेलामा सहभागी हुने तय भएको छ । ब्रिजवेनको कार्यक्रमको व्यवस्थापन ब्ल्याक आइ क्रियसनले गरिरहेको छ । कार्यक्रमलाई एबिसी ग्लोबल एजुकेशन कन्सलटेन्सी र कुइन्सफर्ड कलेजले प्रायोजन गरेको छ । देवी घर्ति ब्रिजवेनको कार्यक्रममा सहभागी हुने आयोजक राजु कानले जानकारी दिनुभयो । नेपाली कला संस्कृतिलाई दोस्रो पुस्तासम्म पु¥याउनका लागि तिज विशेष कार्यक्रम गरिएको कानको भनाई छ । स्ट्राथपाइन सामुदायिक भवनमा बेलुका ५ बजे सुरु हुने कार्यक्रममा प्रवेश शुल्क २५ डलर तोकिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ