Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपहिलो एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार जोशीलाई, थप शसक्त बन्दै भिजा सर्भिसेस !

पहिलो एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार जोशीलाई, थप शसक्त बन्दै भिजा सर्भिसेस !


काठमाडौं । एक्सपर्ट एजुकेसन भिजा सर्भिसेसको एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ पत्रकार इश्वर जोशीले पाउनुभएको छ । आफ्नो १९ औं बार्षिकोत्सबको अबसरमा आयोजित एक कार्यक्रमा पत्रकार जोशीलाई पुरस्कृत गरिएको हो ।

एक्सपर्ट एजुकेसन भिजा सर्भिसेसले अब हरेक वर्ष पुरस्कार प्रदान गर्नेगरि जोशी मार्फत पुरस्कार अभियानको थालनी गरेको जानकारि दिएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नगद २५ हजार १११ सहित जोशीलाई पुरस्कृत गर्नुभएको थियो । सम्मान पछि बोल्दै पत्रकार अधिकारीले शिक्षा क्षेत्रलाई अझै म¥यादीत वनाउनुपर्ने, उच्च शिक्षाका लागि बिदेश जानेहरु सुरक्षित रुपमा जाने वातावरणको विकास हुनेपर्नेमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाल, हिसानका केन्द्रिय सदस्य भूपेन्द्र धिताल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले एक्सपर्ट एजुकेसन भिजा सर्भिसेस थप जिम्मेवार र उच्च शिक्षा अध्ययनका लागि बाहिरिने विद्यार्थीहरुलाई सहि दिशानिर्देश गर्ने संस्थाका रुपमा परिपक्व बन्दै गएको धारणा राखेका थिए ।

सर्भिसेस चितवनका अध्यक्ष घननाथ अर्याल, सर्भिसेस चितवनका निर्देशक डिल्लीराम अधिकारीले नेपाल सहित १५ देशमा ५० शाखा मार्फत सेवा दिनु नै आफूहरुको ठूलो सफलता भएको भन्दै उच्च शिक्षामा जानेहरुलाई सहि परामर्श र सल्लाह दिएर सुरक्षित गन्तब्य तय गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले शिक्षा क्षेत्रमा उत्कृष्ठ काम गरेकै कारण केही वर्षअघि मात्रै अस्ट्रेलियामा रहेका ७ वटा युनिभर्सिटी र कलेजहरुबाट विभिन्न विधामा नौवटा अवार्ड हात पारेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ