Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘गोर्खा बिनिथ द ब्रभरी’ सेप्टेम्बर ३ मा अष्ट्रेलियामा प्रदर्शन हुँदै, छुट्ला है हेर्नेपर्ने फिल्म !

‘गोर्खा बिनिथ द ब्रभरी’ सेप्टेम्बर ३ मा अष्ट्रेलियामा प्रदर्शन हुँदै, छुट्ला है हेर्नेपर्ने फिल्म !


काठमाडौं, ब्रिजबेन । भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली गोर्खा सैनिक कुलवीर थापा मगरको जीवनी समेटिएको बायोग्राफिकल फिल्म ‘गोर्खा बिनिथ द ब्रभरी ‘ सेप्टेम्बर ३ मा अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स, गोर्खा–नेपाली समुदाय (जीएनसी ) र निर्माता ब्रभरी टिमले अस्ट्रेलियाको इभेन्ट्स सिनेमा बर्वुडमा सेप्टेम्बर ३ दिउँसो १ः३० बजेको प्रिमियर घोषणा गरेको हो ।

गोर्खा बटालियनका राइफलम्यान कुलबीर थापाको वास्तविक जीवन घटनामा आधारित मनोवैज्ञानिक युद्ध नाटकलाई चलचित्रमा उतारिएको छ । एक अविश्वसनीय यात्राबाट गोरखा योद्धाहरूमा सहभागि सिपाहीले नेपालीको बिरताको गाथा कोर्न गरेको शाहस, आँट र संघर्षलाई फिल्ममा शसक्त रुपमा प्रस्तुत गर्न खोजीएको छ । प्रदीप शाहीले लेखेको कथामा प्रदीप शाहीको निर्देशन रहेको छ । ओली बास्सी बर्नाबी, चेम्बर्स समीर गुरुङको ‘गोर्खा बिनिथ द’ मा शसक्त अभियन देख्न सकिन्छ । यो जीवनकथामा आधारित फिल्मलाई जर्मन नेपाली र अंग्रेजी भाषामा तयार पारिएको छ । एसएचवाई प्रोडक्सनको ब्यानरमा तयार पारिएको फिल्मको अधिकांश छायांकन इङ्ल्यान्ड र बेलायतमा गरिएको छ ।
को हुन त फिल्मको कथामा समेटिएका कुलवीर थापा ?
थापा पहिलो नेपाली गोर्खा सैनिक हुनुहुन्छ । भिक्टोरिया क्रस प्रदान गरिएका थापा १५ डिसेम्बर १८८८ मा पाल्पामा जन्मिनुभएको थियो । थापा दोस्रो बटालियनमा आवद्ध २६ वर्षीय राइफलम्यान हुनुहुन्थ्यो । तेस्रो रानी अलेक्जान्ड्राको आफ्नै विश्वास पात्रका रुपमा गोर्खा राइफल्स, ब्रिटिश भारतीय सेनाका योद्धाका रुपमा रहनुभएका थापाले १९१५ सेप्टेम्बर २६ मा, लूस को युद्धमा देखाएको साहस, बलिदान र मित्रताले उहाँलाई भिक्टोरिया क्रस दिलाएको थियो भने नेपालीलाई बीर गोरखालीको सम्मान ।

अष्ट्रेलिया लगायतका देशमा प्रदर्शन गरिने ‘गोर्खा बिनिथ द’ चलचित्रबाट भएको सबै नाफा गोरखा वेलफेयर ट्रस्टलाई प्रदान गरिने र गोरखा सैनिकको हकहितमा उपयोग गरिने बताइएको छ । वृद्ध गोर्खा दिग्गजहरूको हराएको पुस्तालाई बेलायतले निवास प्रदान गरेपनि उनीहरुको आत्मसम्मान र सुविधामा गरिएको विभेदलाई समेत फिल्ममा प्रकाश पार्न खोजिएको छ । गोरखा दिग्गजहरू, तिनीहरूका परिवारको सेवा, सुविधा र सम्मानका लागि स्वतस्फूर्त सहयोगमा फिल्म बनाइएको निर्माण पक्षले जानकारि दिएको छ ।

For tickets please contact:
Deb Gurung: 0422 031 661
Rajiv Pradhan: 0402 888 566
Sukirti Bhatta: 0410 775 212
Iraj Thapa: 0402 504 324
Binod Kunwar: 0413 490 350
Bhawana Limbu: 0404 509 510



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ