Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमङ्कीपक्सको प्रकोप रोक्न अमेरिकाको न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कट, अरु देशमा यस्तो !

मङ्कीपक्सको प्रकोप रोक्न अमेरिकाको न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कट, अरु देशमा यस्तो !


काठमाडौं । अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएसँगै सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गरिएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गर्नुभएको हो ।

न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको छ । न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र मङ्कीपक्सको जोखिम बढेको भन्दै स्वास्थ्य अधिकारिहरुले चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले गएको जुलाई २३ तारिखमा नै मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो ।

भारतमा मङ्कीपक्सको जोखिम बढेपछि यसको निगरानी र रोकथामका लागि टास्क फोर्स गठन गरिएको छ । भारतमा अहिलेसम्म चार जनालाई मङ्कीपक्सको सङ्क्रमण भएको पुष्टि भएको छ । अष्ट्रेलियामा समेत विभिन्न राज्यमा विस्तार भएको मङ्कीपक्स रोकथामको प्रयासमा सरकार जुटिरहेको छ । संक्रमणबाटै कसैको पनि मृत्यु नभएकाले यहाँ जोखिमको रुपमा हेरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ