Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली सोसाइटी तास्मानियाको नयाँ अध्यक्षमा भट्टराई, अरु पदाधिकारी को–को छन् ?

नेपाली सोसाइटी तास्मानियाको नयाँ अध्यक्षमा भट्टराई, अरु पदाधिकारी को–को छन् ?


ब्रिजबेन, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाको वार्षिक साधारण सभाबाट नयाँ अध्यक्षमा तोयाराज भट्टराई निर्वाचित हुनुभएको छ । तास्मानियाको मल्टिकल्चरल हव मुनामा शनिबार सम्पन्न साधारण सभाले अध्यक्ष भट्टराईसहित उपाध्यक्षमा खडक खनाल, कोषाध्यक्षमा सरोज पाण्डे, सचिवमा विष्णु भट्टराई चयन गरेको हो ।

सदस्यमा मिलन पौडेल, इश्वरी पौडेल र आशिष तिवारी निर्वाचित हुनुभएको छ भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकले चयन गर्नेछ । निवर्तमान अध्यक्ष खगेन्द्र सत्यालले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै आफ्नो कार्यकाललाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने संघ, संस्था, सञ्चारमाध्यम, प्रायोजक र तास्मानियामा रहेका नेपालीलाई धन्यवाद दिनुभएको थियो । नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना समेत दिनुभयो ।

संस्थाका नवनिर्वाचित अध्यक्ष भट्टराईले विद्यार्थीले भोगेको समस्याको पहिचान गरी उक्त समस्याको समाधानको लागि तास्मानियामा क्रियाशील अन्य संघ संस्थासँग सहकार्य गरेर अघि बढ्ने पहिलो प्राथमिकता भएको भन्दै प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गोपाल न्यौपानेले निर्वाचन आयुक्तको भुमिका निर्वाह गरेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति टुंग्याएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ