Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचलचित्र विकास बोर्डको अध्यक्ष बने भुवन केसी, यस्तो छ उनको विगत !

चलचित्र विकास बोर्डको अध्यक्ष बने भुवन केसी, यस्तो छ उनको विगत !


काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा सदावहार कलाकार भुवन केसी नियुक्त हुनुभएको छ । दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल लगायतलाई पछि पार्दै केसी चलचित्र बोर्डको अध्यक्ष बन्न सफल हुनुभएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेका केसीको कार्यकाल दुई वर्षको हुनेछ । केसी नेपालका चर्चित सुरस्टार हुन् । गायन हुँदै अभिनयमा प्रवेश गर्नुभएका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ । उहाँले १०० भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ ।

को हुन त केसी ?
२०१३ असोज २ मा जन्मिएका केसी सदाबहार कलाकारका रुपमा सुरुवातदेखी अहिलेसम्म पनि चर्चामा हुनुहुन्छ । उहाँको एउटा मान्यता छ, ’नाम होस्, बदनाम होस् । तर, गुमनाम नहोस् ।’ यसैले होला केसी कहिले राम्रो काम गरेर चर्चामा त कहिले आलोचनाबाट मिडियाको घेराबन्दी पर्दै आउनुभएको छ ।

भुवन केसीले आफ्नो करिअरमा धेरै सफल फिल्म दिएका पनि छन् । सम्झना, मायालु ,कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, करोडपति,सुपरस्टार उनका सफल फिल्मका सूची हुन्, जहाँ उनले उल्लेखनीय अभिनय गरेका छन् र गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापित समेत गरेका छन् । हिसाब–किताब गर्ने हो भने, हिट फिल्मको सूचीमा भुवन केसीलाई अरूले उछिन्न सक्दैनन् ।

फिल्मक्षेत्रमा भुवनको परिचय सदावहार हिरोको रूपमा मात्र नभएर नामको अगाडि हरदम ’प्ले ब्वाई’ को एउटा विशेषण जोडिने गरेको छ । कुनै बखतकी हिरोइन सारङ्गा श्रेष्ठले भनेकी थिइन्– ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’ हो भुवनका गतिबिधिले समेत यो आरोप कतै सहि त छैन भनेर सोच्न बाध्य बनाएको छ । भुवन केसी आफैंमा विवादित पात्र समेत हुनुहुन्छ । दुईवटा विवाह गरेपनि दुवै असफल भएका छन् । जेठी श्रीमती विजया केसी र उहाँबाट जन्मिएका सन्तान विवेक केसी र काजल केसी अमेरिकामा छन् । कान्छी श्रीमती सुस्मिताले पनि भुवनसँग सम्बन्धविच्छेद गरिसक्नुभएको छ ।

अभिनेत्री जिया केसीसँग अहिले भुवन केसी लिभिङ टुगेदरमा बस्नुभएको छ । बेलाबेलामा महिलासँग नाम जोडेर चर्चामा आउने भुवनविरुद्ध अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन छ । भुवनविरुद्ध तीन महिलाले ‘मि टू’ प्रकरण बाहिर ल्याउने तयारी गरेको समेत चलचित्र बृत्तमा चर्चा चलिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ