Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली नयाँ वर्ष मनाउन सिड्नीमा ‘आतिसबाजी’ गरिने

नेपाली नयाँ वर्ष मनाउन सिड्नीमा ‘आतिसबाजी’ गरिने


सिड्नी

यसपाली नेपाली नयाँ वर्ष सिड्नीमा विशेष हुने भएकाे छ । 

सिड्नीकाे मुटु मानिने डार्लिङ हार्वरस्थित ओपेरा हाउस नजिकै ‘आतिसबाजी’ (फायरवक्स) गरिने भएकाले यसपालीकाे नेपाली नयाँ विशेष हुने भएकाे हाे । 

छ वर्षदेखि नेपाली नयाँ वर्ष मनाउदै आईरहेकाे ‘हाे र हैन हाेला’  नामक ईभेन्टले नयाँ वर्ष मनाउन यसपाली पटका पड्काउने तयारी गरेकाे हाे । कार्यक्रम अप्रिल १३ तारिख साँझ हुनेछ । 

चीन, भारत र बंगलादेश जस्ता देशकाे विशेष पर्वमा सिड्नीमा आतिसवाजी हुने गरेपनि नेपालीकाे चाडवाडमा भने हुन नसकेकाे हाे र हैन हाेलाका राेशन भट्टराईले गुनासाे गर्नुभयाे ।  त्यसैले यसपालीकाे नेपाली नयाँ वर्षलाई विशेष बनाउन पहिलाे पटक आतिसबाजी गर्न लागेकाे हाे र हैन हाेलाका राेशन भट्टराईले बताउनुभयाे । 

‘नेपाली नयाँ वर्षलाई अष्ट्रेलियन समुदायमा पनि चिनाउनका लागि यस्ताे जुक्ति निकालेका हाै’ – भट्टराईले भने- लाखाै पर्यटक आउने डार्लिङ हार्वरमा आतिसवाजी गरिदा धेरैले हाम्राे नयाँ वर्षकाे बारेमा थाहा पाउनेछन् । 

नयाँ वर्षमा डुंगा पार्टी समेत हुनेछ । ९ सय ५० जना अट्ने डुंगामा नेपाली संगित र डिजेकाे धुनमा नाचगान समेत हुनेछ । डुंगाबाटै आतिसबाजीकाे रमाईलाे हेर्न सकिनेछ । 

जसका लागि अधिकांश टिकट विक्री भईसकेकेा भट्टराईले जानकारी दिनुभयाे । टिकटकाे ४० डलर ताेकिएकाे छ । 

आतिसबाजीका लागि ईभेन्टले सिड्नीकाे अल अकेजन पाईराे टेक्निक नामक कम्पनीलाई जिम्मा दिएकाे छ । 

टेक्निकले ओपेरा हाउसकाे पछाडी झण्डै ५ हजार पटकाकाे आतिसबाजी गर्नेछ । जसका लागि १२ हजार डलर खर्च छुट्याईएकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ