Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News७५ देशमा मङ्कीपक्सको प्रकोप, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा !

७५ देशमा मङ्कीपक्सको प्रकोप, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा !


एजेन्सी, काठमाडौं । मङ्कीपक्सको प्रकोप थप विस्तार भएसँगै विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालका रुपमा घोषणा गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसले ७५ देशमा १६ हजारभन्दा धेरै जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जानकारि दिदै रोकथामका लागि आपतकाल घोषणा गरिएको बताउनुभयो । डब्ल्यूएचओका अनुसार मङ्कीपक्सका कारण अहिलेसम्म विश्वभर पाँच जनाको ज्यान गएको छ । सङ्क्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकालाई जोगाउन आवश्यक कदम चाल्नुपर्नेमा डब्ल्यूएचओले जोड दिदै आएको छ । डब्ल्यूएचओले विश्वव्यापी रोकथामका लागि आवश्यक तयारी र पहल भइरहेको समेत जानकारि दिएको छ । बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गरेको पाइएको छ ।

मङ्कीपक्सको सङ्क्रमणमा यस्ता हुन्छन लक्षण
सङ्क्रमितमा ज्वरो आउने, जिउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । सङ्क्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् । तर यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहजरूपमा भने सर्दैन । सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट यो भाइरस सर्ने गरेको पाइएको छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने डब्ल्यूएचओले जनाकारि दिएको छ ।

अष्ट्रेलियामा समेत मङ्कीपक्सको प्रकोप बढ्दो क्रममा देखिएको छ । संक्रमण बढ्दो क्रममा देखिएपनि मृत्यु भने कसैको भएको छैन । मङ्कीपक्सबाहेक अहिले कोरोना भाइरस र पोलियो उन्मूलनका लागि विश्वव्यापी स्वास्थ्य आपतकाल लागू गरिएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको समयमा तोकिएका महामारि नियन्त्रणमा एक आपसमा सहकार्य र साझेदारी गर्ने गरिन्छ । डब्लुएचओले बढी प्रभावित क्षेत्रमा सबैलाई एकिकिृत गराएर सहयोग र सहकार्य गराउने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ