Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा क्रिसमस अघि नै ब्याजदर ३.३५ प्रतिशत पुग्ने आँकलन, कारण यस्तो !

अष्ट्रेलियामा क्रिसमस अघि नै ब्याजदर ३.३५ प्रतिशत पुग्ने आँकलन, कारण यस्तो !


अष्ट्रेलिया । अष्ट्रेलियाका बैंकहरूले क्रिसमस अगाडी नै चार पटक ब्याजदर बढ्ने आँकलन सार्वजनिक गरेका छन् । अष्ट्रेलियन एण्ड न्युजिल्याण्ड बैकिङ्ग ग्रुप (एएनजेड) ले अगस्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा ५० आधार बिन्दुले ब्याजदर बढ्ने अनुमान सार्वजनिक गरेको हो । योबृद्धीसँगै नगद दरलाई ३.३५ प्रतिशतमा पुर्याउने आँकलन गर्न थालिएको छ ।

यो ब्याजदर बृद्धीले औसतमा सिडनीका ऋणीहरुले प्रति महिना थप १३०० डलर तिर्नुपर्ने हुनसक्छ । यसै महिनाको सुरूवातमा अष्ट्रेलियन रिजर्भ बैंकले ब्याज दर बढाएर १.३५ प्रतिशत पुर्याएपछि बैंकहरुबाट ब्याजदर थप बृद्धीको आँकलन सार्वजनिक भएको हो । कडा श्रम बजार र उच्च मुद्रास्फीतिको अवधिको सामना गरिरहेको अर्थव्यवस्थाको लागि ब्याज दरको स्तर अझै पनि धेरै कम भएको रिजर्भ बैंकको पछिल्लो बैठकको माइन्युटमा उल्लेख छ । आगामी महिनाहरूमा अष्ट्रेलियामा मौद्रिक अवस्था सामान्य बनाउन थप कदमहरू चाल्नु पर्नेमा सदस्यहरू सहमतकाले समेत ब्याजदर बढ्ने अनुमान गरिएको छ ।

रेटसिटी डटकमका अनुसन्धानकर्ताहरुले नगद दर नोभेम्बर सम्म ३.३५ प्रतिशतमा पुग्न सक्ने र उक्त दर सात महिनाको अन्तरालमा ३ दशमलब २५ प्रतिशत अंकको वृद्धि हुने तथ्य सार्वजनिक गरेका छन् । कमनवेल्थ बैंक, वेस्टप्याक र नेशनल अष्ट्रेलिया बैंकले पनि नोभेक्बरसम्म २.६० ब्याजदर पुग्ने अनुमान गर्दैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ