Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleपश्चिम युरोपमा अत्यधिक गर्मी, बढ्दो तापक्रमले जनजीवन प्रभावित !

पश्चिम युरोपमा अत्यधिक गर्मी, बढ्दो तापक्रमले जनजीवन प्रभावित !


काठमाडौं, एजेन्सी । जलवायु परिवर्तनको असर र भीषण आगलागीका कारण तापक्रम बढेसँगै पश्मि युरोपको जनजीवन प्रभावित भएको छ । फ्रान्स र बेलायतमा चरम गर्मीको चेतावनी जारी गरिएको छ भने उत्तरी स्पेनमा तापक्रम ४३ डिग्री सेल्सियसबाट उकालो लागेको छ ।

फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन । बेलायतले अहिलेसम्मकै सबैभन्दा तातो भएको जनाएको छ भने विज्ञहरूले फ्रान्सका केही भागमा गर्मीले सर्वनाश हुने चेतावनी दिएका छन् । फ्रान्सको पश्चिमी सहर नान्टेसको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ । अन्य शहरमा गर्मीको अवस्था लगभग समान छ । हालैका दिनहरूमा डढेलोका कारण ३० हजार भन्दा बढी मानिस विस्थापित भएका छन । उनीहरुका लागि आपतकालिन आश्रयहरु निर्माण गरिएको छ । गर्मी बढेपछि रेल सेवा रद्द गरिएका छन । अधिकांश हवाइ सेवा पनि बन्द छन् ।

नेदरल्याण्ड्समा पनि अहिलेसम्मकै सबैभन्दा तातो दिन रेकर्ड गरेको छ । दक्षिण–पश्चिमी सहर वेस्टडोर्पमा तापक्रम ३४ डिग्री सेल्सियस पुगेको छ । मौसमविद्हरूले बेल्जियम, जर्मनी र इटालीको तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ