Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्यानबेरास्थित दूतावास आइपुगे नवनियुक्त राजदूत पोखरेल !

क्यानबेरास्थित दूतावास आइपुगे नवनियुक्त राजदूत पोखरेल !


ब्रिजबेन,अष्ट्रेलिया । नवनियुक्त राजदूत कैलाशराज पोखरेल अष्ट्रेलिया आइपुग्नुभएको छ । सोमबार साँझ अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएका पोखरेल मेलबर्न अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो ।

राजदूत पोखरेललाई भिक्टोरियाका लागि अवैतनिक महावाणिज्य दूत चन्द्र योन्जन लगायत नेपाली समूदायका व्यक्तिहरूले भब्य स्वागत गरेका थिए । पोखरेल आज बिहान क्यानबेरास्थित राजदूतावास पुग्नुभएको छ भने २५ तारिखका दिन अष्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १२ गते पोखरेललाई अष्ट्रेलियाका लागि आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त हुनुभएका पोखरेलले एसिया प्रशान्त क्षेत्रका फिजी, पपुवा न्यूगिनि र न्युजिल्याण्डको राजदूतको भुमिका समेत निभाउनुपर्नेछ । पूर्व प्रशासक समेत रहनुभएका पोखरेलले चारवटा राष्ट्रको कुटनीतिक नेतृत्वको भूमिका कुशलतापूर्वक पुरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।


ट्याग : #अष्ट्रेलिया, #अष्ट्रेलियाका गभर्नर, #अष्ट्रेलियाका लागि नेपाली राजदूत, #ओहोदाको प्रमाणपत्र, #क्यानबेरास्थित राजदूतावास, #पूर्व प्रशासक, #राजदूत कैलाशराज पोखरेल
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ