Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनको सांघाइमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेपछि रेड अलर्ट !

चीनको सांघाइमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेपछि रेड अलर्ट !


एजेन्सी,सांघाई । चीनको सांघाइमा तापक्रम अत्यधिक बृद्धि भएर ४० डिग्री सेल्सियससम्म पुगेपछि प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ । सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएपछि केही क्षेत्रमा रेड अलर्ट जारी गरेको हो ।

आइतबार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ पटक मात्रै तापक्रम मापन भएको रेकर्ड छ । सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो । तापमान उच्च भएसँगै जनजीवन प्रभावित भएको छ भने सरकारले सावधानीपूर्व हिडडुल गर्न भन्दै सचेत गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ