Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२ वर्षपछि अष्ट्रेलियाका सबै सीमाना पूर्ण रूपमा खुल्ला, कोरोना संक्रमण भने बढ्दै !

२ वर्षपछि अष्ट्रेलियाका सबै सीमाना पूर्ण रूपमा खुल्ला, कोरोना संक्रमण भने बढ्दै !


ब्रिजबेन। बुधबार अर्थात जुलाई ७ तारिखबाट अष्ट्रेलियाको सिमाना पूर्ण रूपमा खुल्ला भएको छ। कोरोना महामारीका कारण करिब २ वर्ष पूर्व र आंशिक गर्दै बन्द भएका अष्ट्रेलियाका सिमाना अब भने पूर्ण रूपमा खुल्ला भएका हुन्।

बुधबारदेखी खोप नलगाएका यात्रुहरूले समेत अष्ट्रेलिया प्रवेशको अनुमति पाउन थालेका छन् । अष्ट्रेलियामा कोरोना भाइरसविरूद्धको खोपको चौथो डोज लगाउने चर्चा चलिरहँदा खोप नलगाएका यात्रुहरु समेत अष्ट्रेलियामा प्रवेश गर्न पाउने नियम लागु भएको छ । न्यु साउथ वेल्सले कोरोना संक्रमित बढेर तेश्रो लहरको चेतावनी दिएसँगै चौथो डोज भ्याक्सिनको चर्चा सुरु भएको हो । मुख्य स्वास्थ्य अधिकारी डा केरी चान्टले न्यु साउथ वेल्समा कोरोना संक्रमितको संख्या र अस्पताल भर्ना हुनेको संख्या जुलाईको अन्त्य र अगस्टको शुरुमा उच्च बिन्दुमा पुग्ने बताउनुभएको छ ।
नयाँ लहरको त्राससँगै अष्ट्रेलिका प्रधानमन्त्री एन्थोनी अल्बानजिले अष्ट्रेलियनहरूलाई कोरोना विरूद्धको भ्याक्सिनको चौथो डोज लगाइने प्रतिबद्धता व्यक्त गरेको समयमा खोप नलगाएका यात्रुको प्रवेश अनुमतीले चुनौँती थपिन चिन्ता समेत सुरु भएको छ । अब भने कोरोना महामारिका कारण अष्ट्रेलियाले सीमा सिल लगायतका प्रतिबन्धको नियम लागू नगर्ने सरकारी तयारी रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ