Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसमस्यामा परेका विद्यार्थीलाई सघाउन सिड्नीमा नेपालीको फाउण्डेसन

समस्यामा परेका विद्यार्थीलाई सघाउन सिड्नीमा नेपालीको फाउण्डेसन


सिड्नी/अन्तराष्ट्रिय विद्यार्थीलाई आइपर्ने समस्यामा सघाउन सिड्नीमा नेपालीले संस्था दर्ता गरेका छन् । समाजसेवी तथा कलेज संचालक रञ्जु थापाको सक्रियतामा एससिसिएम फाउण्डेसन संचालनमा आएको हो ।
हालै मात्र सिड्नीमा एक कार्यक्रम गरि फाउण्डेसनको उद्घाटन गरिएको छ । संस्थाकी अध्यक्ष सृष्टी शाहले दिएको जानकारी अनुसार फाउण्डेसनले अष्ट्रेलियामा पढिरहेका विदेशी विद्यार्थीलाई समस्या पर्दा सघाउनका लागि संस्था संचालनमा आएको बताउनुभयो ।

घरेलु हिंसा, मानसिक समस्या र आर्थिक समस्यामा परेका विद्यार्थीलाई सघाउन संस्थाले योजनाहरु बनाइरहेको शाहको भनाई छ । विद्यार्थीलाई प्रशिक्षण र आवश्यक सेवा लिन सघाउने मात्र होइन कि विभिन्न कारणले आथिक समस्यामा परेकाहरुको शैक्षिक शुल्क समेत तिरिदिने फाउण्डेसनको तयारी रहेको शाहले बताउनुभयो ।  फाउण्डेसनमा हाल सृष्टी बाहेक अन्य ४ जनाले स्वयमसेवीको रुपमा काम गरिरहेका छन् । सृष्टी सानै उमेरमा आमाबुबासंग अष्ट्रेलिया आउनु भएको हो । आफु सानो छदा आमाबाबाले अन्तराष्ट्रिय विद्यार्थी भएर गरेको संघर्ष देखेको बताउने सृष्टीले आफ्नो अभिभावकले जस्तो अन्य विद्यार्थीले समस्या भोग्न नपरोस् भनेर यस संस्थामा जोडिन पाउदा खुसी लागेको बताउनुभयो ।

फाउण्डेसनले विभिन्न व्यक्ति, व्यवसायी र निकायहरुबाट सहयोग जुटाउनेछ । जसमा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले समेत सहयोग गर्ने बताइएको छ । फाउण्डेसन च्यारिटीमा दर्ता भएकाले यसमा गरिने सहयोग कर कट्टा गर्न मिल्नेछ । यो फाउण्डेसनले सबै देशबाट पढ्न आएका विद्यार्थीलाई सहयोग गर्नेछ । अन्तराष्ट्रिय विद्यार्थीको समस्या कम गर्न फाउण्डेसन महत्वपुर्ण भूमिका खेल्न सक्ने भएकाले सबै मिलेर सहयोग गर्न समेत सृष्टीले आग्रह गर्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ