Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनिरन्तरको झरीले न्यू साउथ वेल्स राज्यका हजारौँ नागरिक प्रभावित !

निरन्तरको झरीले न्यू साउथ वेल्स राज्यका हजारौँ नागरिक प्रभावित !


ब्रिजबेन । निरन्तरको झरीसँगै नदितटिय क्षेत्रमा जोखिम बढेपछि न्यू साउथ वेल्सको सिड्नी क्षेत्रका हजारौं नागरिकहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान अपिल गरिएको छ । बाढी र डुबानको जोखिम आगामी मंगलबारसम्म जारी रहने भएपनि पछिल्लो २४ घण्टा बढी खतरा रहेको भन्दै सुरक्षित रहन आह्वान गरिएको हो ।

प्रतिकुल मौसमका कारण यात्राका क्रममा समेत सचेत रहन अपिल गरिएको छ । नदीको सतह बढेको भन्दै तटिय क्षेत्र छाडेर अग्लो स्थानमा सुरक्षित आश्रय लिन समेत आग्रह गरिएको छ । सिड्नी, सेन्ट्रल कोस्ट, हन्टर क्षेत्र, दक्षिणी तट र इलावारा क्षेत्रमा मुसलधारे वर्षा भैरहेका कारण तटीय कटान र नदीको बाढीको जोखिम रहेको भन्दै सचेत गराइएको छ । पूर्वी तटीय क्षेत्रको तल्लो तहमा बढी जोखिम रहने सूचना दिइएको छ । अहिले पनि केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको र इलावाराका केही भागहरूमा ३५० मिलिमिटर भन्दा बढी वर्षा भएको मापन गरिएको छ । अधिकांश ठाउँमा दैनिक वर्षा जुलाईको औसतभन्दा बढी भएको र जोखिम उच्च रहेको भन्दै सरकारले सचेत गराइरहेको छ ।

हक्सबरी र कोलो नदीको उत्तरी रिचमण्डमा ठूलो बाढी आउने भएकाले मध्यमदेखि ठूलो बाढीको चेतावनी दिइएको छ । मिल्पेरा ब्रिजमा रहेको जर्जस नदी आगामी दुई घण्टामा करिब ४ मिटरको उचाइमा पुग्ने र पिकनिक पोइन्टमा २ मिटरको सानो बाढीको स्तर नाघ्ने भन्दै सचेत गराइएको छ । यस वर्षको मार्च–अप्रिलको बाढीमा पुगेको उचाइ नाघेर १६ दशमलव ६१ मिटरको उचाइमा पुगेपछि नेपियन नदी क्षेत्रमा उच्च जोखिम रहेको पाइएको छ ।


ट्याग : #Camden and Wallacia, #fallen out of a kayak on the Parramatta River, #flod in nsw, #flood in australia, #Hawkesbury River at North Richmond, #nsw
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ