Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कहिलेबाट कोरोना खोप ?

अष्ट्रेलियामा ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कहिलेबाट कोरोना खोप ?


ब्रिजबेन। अष्ट्रेलियामा ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने अन्तिम चरणमा पुगेको छ। फाइजर र मोडर्नाले ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई खोप लगाउने अनुमितका लागि अष्ट्रेलियाको औषधी व्यवस्था विभागमा निवेदन दिएसँगै सुरु भएको अध्ययन अन्तिम चरणमा पुगेको हो ।

थेरापेटिक गुड्स एडमिनिस्ट्रेसनले फाइजरका लागि परीक्षणकालीन प्रावधान अघि सारेको छ। मोडर्नाले उत्पादन गरेको स्पाइकभ्याक्स पनि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि परीक्षणको क्रममा रहेको पाइएको छ । कोभिड खोपहरू अष्ट्रेलियामा प्रिस्कूलरहरूका लागि पहिले नै स्वीकृत भइसकेपनि पाँच वर्ष मुनिका बालबालिकाहरूका लागि भने अहिलेसम्म उपलब्ध गराइएको छैन । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाका लागि कोरोना भाइरस विरूद्धको खोप लगाउने पहिलो चरण कहिलेबाट सुरु हुने भन्ने एकिन भने गरिएको छैन ।

स्वास्थ्यमन्त्री मार्क बट्लरले कहिलेबाट बालबालिकाका लागि कोरोना विरूद्धको भ्याक्सिन लगाउन सकिन्छ भन्ने मिति यकिन भइनसकेको बताउनुभयो । परीक्षण जारी रहेको र परिक्षणकालिन प्रक्रिया पुरा भएपछि बालबालिकाका लागि खोप अभियान सुरू गरिने उहाँले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ