Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentपशुपति र रचनाले अष्ट्रेलियामा धमाका गर्दै, को को आउँदैछन हास्य कलाकार ?

पशुपति र रचनाले अष्ट्रेलियामा धमाका गर्दै, को को आउँदैछन हास्य कलाकार ?


ब्रिजबेन । केविसी अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई २२ तारिखदेखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ शहरहरुमा धमाका २०७९ आयोजना हुनेभएको छ । तीजको पूर्वसन्ध्यामा हुन लागेको तीज धमाका २०७९ अष्ट्रेलियाको पर्थ, तास्मानियाको लन्चेष्टन, मेलबर्न, ब्रिसबेन, सिड्नी, राजधानी क्यानबेरा र एडिलेडमा सञ्चालन हुन लागेको हो ।

केविसी अष्ट्रेलियाले स्थानीय नेपाली सामूदायिक संघसंस्था र ईभेन्ट अर्गनाईजरहरुसँगको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई राज्य अनुसार फरक फरक आयोजकले सघाएका छन् । पर्थमा वी केयर नेपालले आयोजना गर्दैछ । मेलबर्नमा गुल्मी समाज, केइसी समाज लगायतले आयोजना गर्नेछन् भने एडिलेडमा गिरिश ईभेन्टसले कार्यक्रम आयोजना गर्नेछ ।

को – को सहभागि हुँदैछन त तीज धमाका २०७९ मा ?
नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा, नेपाली संगीत आकाशकी चर्चित गायिका रचना रिमाल, हाँस्यव्यंग्य विधामा आफ्नै छुट्टै पहिचान बनाउन सफल सुवोध गौतम र काकु चरित्र मार्फत हाँस्यविधामा अमिट छाप छोड्न सफल दिपक आचार्यले यो अष्ट्रेलियाव्यापी सांगीतिक कार्यक्रममा आफ्ना प्रस्तुति दिनुहुनेछ । गायिका रचना रिमाल पहिलो पटक अष्ट्रेलियामा सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि आउन लाग्नुभएको हो । गायक पशुपति शर्माले कैयौं पटक अष्ट्रेलियाका दर्जनौं शहरमा आफ्नो प्रस्ततिले यहाँका दर्शकको मन जितिसक्नुभएको छ । सुुवोध गौतम र दिपक आचार्यले पनि यसअघि अष्ट्रेलियामा आफ्नो हाँस्यव्यंग्य प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरिसक्नुभएको छ ।

अष्ट्रेलियाव्यापी यो सांगीतिक भ्रमणलाई नेपाल र अष्ट्रेलियामा शैक्षिक परामर्श प्रदान गरिरहेको ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज र मेलबर्नमा केन्द्र रही रियलस्टेटको क्षेत्रमा अमिट छाप छोड्न सफल ब्लूबेरी रियलस्टेटले प्रायोजन गरेका छन् । यससँगै स्थानीय शहरहरुमा अन्य नेपालीहरुले सञ्चालन गरेका विभिन्न व्यवसायहरु पनि यो अभियानमा जोडिँदैछन् ।

मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनलले सन् २००६ देखि हालसम्म २५ हजारभन्दा बढी विद्यार्थीहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । ग्रेसको कार्यालय अष्ट्रेलियाको मेलबर्न, सिड्नी, एडिलेड, पर्थ, ब्रिसबेन, होबार्ट र क्यानबेरामा रहेका छन् । यस्तै नेपालस्थित काठमाडौंको बानेश्वर, पुतलीसडक, चितवन, हेटौंडा, विराटनगर, पोखरा, दमक, पर्सा, बुटवलमा कार्यालय रहेका छन् । यस्तै ग्रेस ईन्टरनेशनलको भारतको नयाँदिल्ली, पाकिस्तानको ईस्लामावादमा समेत कार्यालय खोलेस सेवा दिदैआएको छ ।

केविसी अष्ट्रेलियाले आफ्नो सामूदायिक दायित्वलाई बहन गर्दै यस पटकको यो कन्सर्टमध्ये ब्रिसबेनको कन्सर्टबाट प्राप्त हुने सबै रकमलाई त्यहाँ नेपाली समूदायले बनाउन लागेको बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको छ । ब्रिसबेनको कार्यक्रम मुख्यतः यही सांस्कृतिक केन्द्र बनाउने अभियानको फन्डरेजिंगका रुपमा मनोरञ्जनात्मक कार्यक्रमकाबीच सञ्चालन गरिने बताइएको छ ।

आयोजकसँगै कलाकारहरु के भन्छन त ?
ग्रेस ईन्टरनेशनलका नेपाल प्रमुख एन्ड्रयू पौडेलले नेपाली समूदायसँगै विद्यार्थीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा नेपाली गीत, संगीत र कला, कलाकारहरुप्रति चासो बढाउन सांगितिक कार्यक्रम राखिएको बताउनुभयो । गायिका रचना रिमालले आफ्नो अष्ट्रेलिया भ्रमण पहिलो भएको र पशुपति, दिपक दादाहरुसँग जान पाउँदा निकै नै उत्साही भएको बताउनुभएको छ । लोक तथा दोहोरी गायक पशुपति शर्माले मनोरञ्जनात्मक प्रस्तुतिमा धेरै भन्दा धेरै दर्शकहरुलाई सहभागिताको लागि आह्वन गर्नुभएको छ । उहाँले आठौं पटक सांगीतिक प्रस्तुतिको लागि अष्ट्रेलिया आउन लागेको बताउनुभएको छ । कमेडियन सुवोध गौतम र दिपक आचार्यले कार्यक्रम आयोजना गर्न यसमा जोडिनुभएका सबैलाई धन्यवाद दिदै धमाका २०७९ लिएर मनोरञ्जनात्मक धमाकाको उत्साह भर्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ