Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअष्ट्रेलिया जानेहरुको मेडिकल जाँच छिटो गराइदिने नाममा ठगी, प्रहरीमा पुग्यो उजूरी !

अष्ट्रेलिया जानेहरुको मेडिकल जाँच छिटो गराइदिने नाममा ठगी, प्रहरीमा पुग्यो उजूरी !


काठमाडौं । विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अष्ट्रेलिया जानेहरुको मेडिकल चेकजाँच छिटो गराइदिने नाममा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको पाइएकोतर्फ सचेत गराएको हो ।

अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । ‘अष्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प छैन ।’–अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गरिरहेको गिरोहको विषयमा अस्पताल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिइसकेको पाइएको छ । यस्ता गिरोहको प्रलोभनमा नफस्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन नर्भिकले सबैलाई आह्वान समेत गरेको छ ।

मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै अलमल भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क गर्न नर्भिक अस्पतालले सबैमाझ अपिल गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ