Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको राजधानी र तास्मानियामा बढी बोलिने भाषा मध्ये नेपाली दोस्रो

अष्ट्रेलियाको राजधानी र तास्मानियामा बढी बोलिने भाषा मध्ये नेपाली दोस्रो


ब्रिजवेन/अष्ट्रेलियामा नेपालीको जनसंख्या दोब्बर भन्दा बढीले वृद्धि भएसंगै राजधानी क्यानवेरा र तास्मनिया राज्यमा नेपाली भाषा अंग्रेजीपछि बोलिने भाषाहरुमा दोस्रो स्थानमा परेको छ ।
सन् २०२१ को राष्ट्रिय जनगणनाको आशिंक तथ्यांक अनुसार राजधानी क्यानवेरामा अंग्रेजीपछि सबैभन्दा बढी बोलिने भाषामा नेपाली दोस्रो स्थानमा परेको छ । पहिलोमा चिनिया म्यान्डरिन भाषा छ । क्यानबेरामा ३.२ प्रतिशतले म्यान्डरिन र दोस्रोमा १.३ प्रतिशत नेपाली भाषा बोलिन्छ । त्यस्तै तेस्रोमा १.१ प्रतिशत भितनामिज र १.१ प्रतिशत नै पन्जाबी भाषा बोलिने तथ्यांक सार्वजनिक भएको छ ।


त्यस्तै तास्मानिया राज्यमा पनि अंग्रेजीपछि बोलिने दोस्रो भाषामा नेपाली परेको छ । पहिलोमा म्यान्डरिन १.५ प्रतिशतले बोल्दा नेपाली भाषा बोल्ने संख्या १.३ प्रतिशत छ । त्यस्तै तेस्रोमा ०.५ प्रतिशतले पन्जाली र चौथोमा ०.३ ले स्पानिस भाषा बोल्दछन् । तास्मानियामा भुटानी शरणार्थीमुलका समेत नेपाली भाषी छन् । उनीहरुको संख्याले पनि नेपाली भाषालाई दोस्रो स्थानमा पु¥याएको हो ।


ट्याग : #canberra, #Nepali language in australia 2021, #Tasmania
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ