Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia५ वर्षमै अष्ट्रेलियामा नेपालीको जनसंख्या दोब्बर भन्दा बढी वृद्धि । कति पुग्यो त अहिले ?

५ वर्षमै अष्ट्रेलियामा नेपालीको जनसंख्या दोब्बर भन्दा बढी वृद्धि । कति पुग्यो त अहिले ?


ब्रिजवेन/ जन्म स्थानका आधारमा अष्ट्रेलियालीमा दोस्रो धेरै जनसंख्या वृद्धि हुनेमा नेपाल देखिएको छ । सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा नेपाल जन्मस्थान भएका मानिसहरुको संख्या वृद्धि दर अष्ट्रेलियामा १२३.७ प्रतिशत छ ।

पछिल्लो जनगणना अनुसार ५ वर्षमा नेपालमा जन्म भएका मानिसको संख्या ७० हजारले बढेको हो । नेपालमा जन्मिएका र हाल अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको जनसंख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ । जसमध्ये नागरिकता लिएकाहरु २५ हजार ८ सय ६५ जना रहेका छन् । दोस्रो पुस्ताका नेपालीमुलका अष्ट्रेलियनहरुको जनसंख्या जोड्दा नेपालीको जनसंख्या थप बढ्न सक्छ ।

यसको थप तथ्यांकहरु तथ्याङले ब्युरोले आउने हप्ताहरुमा सार्वजनिक गर्दै जानेछन् । नेपालपछि समुदाय वृद्धी हुनेमा भारत ४८ प्रतिशत, पाकिस्तान ४५ प्रतिशत र इराक ३८ प्रतिशत छन् ।


ट्याग : #census 2021 Australia, #Nepali population in australia 2021
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ