Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका १६ देखी ८५ वर्ष उमेर समूहका १५ प्रतिशत नागरिक गम्भिर मानसिक समस्यामा !

अष्ट्रेलियाका १६ देखी ८५ वर्ष उमेर समूहका १५ प्रतिशत नागरिक गम्भिर मानसिक समस्यामा !


ब्रिजबेन । अष्ट्रेलियाका १६ देखी ८५ वर्ष उमेर समूहका १५ प्रतिशत नागरिकहरुले उच्च मात्रामा मानसिक समस्या झेलिरहेको रिपोर्ट सार्वजनिक भएको छ । तथ्यांक ब्यूरोले सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आशिंक तथ्यांक सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो ।

पुरुषको तुलनामा महिलाहरुमा बढी मनोवैज्ञानिक समस्या देखिएको छ । मानिसिक समस्या ब्यहोर्नेहरुमा सबैभन्दा बढी अर्थात २० प्रतिशत १६ देखी ३४ वर्ष उमेर समूहका रहेका छन् । ६५ देखी ८५ वर्ष उमेर समूहमा सबैभन्दा कम अर्थात ९ प्रतिशतमा मानसिक समस्या रहेको अध्ययनबाट पाइएको छ । ३ दशमलब ४ मिलियन अष्ट्रेलियन नागरिकले आफ्नो मानसिक स्वास्थ्य बारे स्वास्थ्य परामर्श लिएको पाइएको छ । ६ लाख १२ हजार जनाले फोन र डिजिटल माध्यमबाट परामर्श लिएको पछिल्लो अध्यनले देखाएको छ ।

के कारण बढिरहेको छ मानसिक समस्या ?
१६ देखी ८५ वर्ष उमेरका अष्ट्रेलियालीहरू मध्ये १५ प्रतिशतले एक्लो महसुस गरेका कारण र १६ प्रतिशत घरपरिवारले समयमै बिलहरु तिर्न नसकेको आर्थिक तनाव झेल्नुपरेको पाइएको छ । पारिवारिक साथ सहयोग नपाए र आर्थिक समस्याका कारण नै सबैभन्दा बढी नागरिक मानसिक रुपमा अस्वस्थ हुन पुगेको अध्ययनले देखाएको छ ।

सन् २०२०–०२१ मा धेरै अष्ट्रेलियालीहरू अर्थात ६१ प्रतिशतले आफ्नो मानसिक स्वास्थ्य व्यवस्थापन गर्न मद्दतको लागि विभिन्न परामर्शसँगै उपचार थालेको समेत देखिएको छ । पछिल्ला वर्षमा मानिसिक समस्या झेल्नेहरुको संख्या केही घटेपनि पर्याप्त नभएको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ