Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको साढे २७ प्रतिशत जनसंख्या विदेशमा जन्मिएका, हिन्दु झण्डै ३ प्रतिशत

अष्ट्रेलियाको साढे २७ प्रतिशत जनसंख्या विदेशमा जन्मिएका, हिन्दु झण्डै ३ प्रतिशत


ब्रिजवेन/ अष्ट्रेलियाको कुल जनसंख्यामध्ये २७ दशमलव ६ प्रतिशत मानिस विदेशमा जन्मिएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आशिंक तथ्यांक हिजो राति सार्वजनिक भएको छ ।

तथ्यांक अनुसार, अष्ट्रेलियामा अग्रेजीपछि सबैभन्दा धेरै बोलिने भाषाहरुमा चिनिया“ म्यान्डरिन (२.७ प्रतिशत), दोस्रो अरबिक (१.४ प्रतिशत) र तेस्रोमा भियतनामिज (१.३ प्रतिशत) परेका छन् । त्यस्तै चँैथोमा चिनिया“ भाषा क्यान्टोनिज र पाचौंमा पन्जाबी भाषा परेको छ ।
त्यस्तै अष्ट्रेलियाका मानिसहरुमध्ये ३३ प्रतिशतको पुर्खाहरु ब्रिटिस र २९ दशमलब ९ प्रतिशत अष्ट्रेलियन भएको समेत तथ्य सार्वजनिक भएको छ । त्यस्तै अष्ट्रेलियाका जनसंख्याको ९.५ प्रतिशत आइरिस, ८.६ प्रतिशत स्काटिस र ५.५ प्रतिशत चाइनिज पुर्खा भएको समेत भेटिएको छ ।
अष्ट्रेलियामा धर्म नमान्नेहरुको संख्या सबैभन्दा धेरै अर्थात ३८.९ प्रतिशत देखिएको छ । त्यस्तै क्याथोलिक २० प्रतिशत, एङलिक्यान ९.८, इस्लाम ३.२ र हिन्दु २.७ प्रतिशत रहेको भेटिएको छ ।  थप तथ्यांकहरु आगामी हप्ताहरुमा सार्वजनिक गरिदै जाने तथ्यांक व्युरोले जनाएको छ ।


ट्याग : #Australia, #census australia 2021
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ