Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको रेष्टुरेन्टमा आगलागी हुदा नेपाली युवक गम्भीर घाइते, कोमामा उपचार हुदै

सिड्नीको रेष्टुरेन्टमा आगलागी हुदा नेपाली युवक गम्भीर घाइते, कोमामा उपचार हुदै


सिड्नी/एक रेष्टुरेन्टमा अचानक सल्किएको आगलागीमा परि एक नेपाली कामदार गम्भीर घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंका २४ वर्षिय विद्यार्थी रहेको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देव गुरुङले पुष्टी गर्नु भएको छ । उनी त्यस रेष्टुरेन्टमा बारमा काम गर्ने बुझिएको छ ।

आगलागीमा परि नेपाली युवकको घाटी, छाति र अनुहार पोलेको बताइएको छ । उनको शरिरको ३० प्रतिशत भाग आगलागीमा परेको बताइएको छ । उनको अहिले सिड्नीकै एक अस्पतालमा सघन कक्षमा उपचार भइरहको छ । स्थानिय संचारमाध्यमले दिएको जानकारी अनुसार घाइते युवकको अवस्था अहिले कोमामा छ ।

सिड्नीको पारामाट्टास्थित एक लेबनानी रेष्टुरेन्टमा बिहिबार बिहान १० बजेतिर आगलागी भएको थियो । आगलागीपछि रेष्टुरेन्टमा ठुलो आवाजको विस्फोट समेत भएको थियो । भाडा माझ्ने मेसिन बिग्रिएर सर्टसर्किट हुदा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सर्ट सर्किटबाट निस्किएको झिल्काले सरसफाइका लागि राखिएको केमिकलमा आग सल्किएर स्टोर तुरुन्तै फैलिएको हुनसक्ने अनुमान छ । यद्धपी प्रहरीले घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ ।

पीडित युवकको भाइ पर्नेले प्रहरी र अस्पतालमा सहयोग गरिरहेको छ । घटना बारे जानकार एनआरएनए अष्ट्रेलियाले युवकको अभिभावकलाई अष्ट्रेलिया झिकाउन मदत गर्ने जनाएको छ । ‘हामीलाई घटनाबारे जानकारी छ, तर पीडित पक्षले अहिले केही गर्न नपर्ने जनाएको छ’- संयोजक गुरुङले भन्नुभयो -‘परिवारले अनुमति दिने बित्तिकै हामी आवश्यक सहयोग गछौं । गुरुङले नेपालस्थित परिवारका सदस्यहरुसंग सम्पर्कमै रहेको बताउनुभयो ।’


ट्याग : #fire in Sydney, #nepali student
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ