Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalआयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलंकाकै पथमा : गभर्नर अधिकारी

आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलंकाकै पथमा : गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात मार्फत भएको विदेशी मुद्रा सञ्चितिसमेत सकिदै गएकोले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताउनुभएको हो । ‘श्रीलंकाले लिटेसँग लडाइँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेका छन्,’ गभर्नर अधिकारीले भन्नुभयो, ‘नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था आउने निश्चित जस्तै छ ।’ अधिकारीले उद्योग–व्यवसायीलगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात गर्नुपर्नेमा जोड दिनुभएको छ ।

निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने सोच राखेर सबै उद्योगी व्यवसायीले काम गरे मात्र मुलुकको अर्थतन्त्र लयमा आउनेतर्फ सचेत गराइएको छ । पछिल्लो समय रेमिट्यान्सले उत्पादन गर्ने नभई विदेशबाट नै आयात गर्ने होड चलेको भन्दै यस्ता गतिबिधिले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको अधिकारीले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ