Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी !

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी !


काठमाडौं । चर्चित पत्रकार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको हो ।

अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नमिल्ने र आयोगले रोक्नुपर्ने माग गरिएको छ । निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै निवेदन दिएको समूह नाम संशोधनका लागि भन्दै रवि लामिाछानेसम्म समेत पुगेको पाइएको छ ।


ट्याग : #उजुरी, #चर्चित पत्रकार रवि लामिछा, #निर्वाचन आयोग, #निवेदन खारेजीको माग, #राष्ट्रिय स्वतन्त्र पार्टी, #स्वतन्त्र उम्मेदवारी अभियान
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ