Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरवि लामिछाने घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, अब कसरी बढ्ला राजनीति ?

रवि लामिछाने घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, अब कसरी बढ्ला राजनीति ?


काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने मागसहित नयाँ पार्टी घोषणा गरिएको हो ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन समेत लामिछानेले आह्वान गर्नुभएको छ । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै लामिछानेले देशभरबाट समानुपातिक मत संकलन गर्न पार्टीमा आउन आह्वान गर्नुभयो । पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखिएको छ । भ्रष्टाचार र मनोमानीमा लिप्त नेताहरुको कानमा घण्टी बजाउने अभियानको थालनी भएको बताइएको छ ।

पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने अवधारणा अघि सारिएको छ । यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्न पाउने नीति पार्टीमा बनाइएको छ । पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताइएको छ ।

लामिछानेले पार्टीको कुनै पनि भ्रातृ संगठन नबनाउने र कोही पनि कार्यकर्ता बन्न नपर्ने घोषणाा गरे । सबै सदस्य मात्र हुने र मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने बताइएको छ । लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने दाबी गरिएको छ । २१ सदस्यीय प्रारम्भिक कमिटि गठन गरिएको बताइएपनि नाम सार्वजनिक गरिएको छैन । पार्टी आजबाट औपचारिक रुपमा दर्ता भएर राजनीतिक गतिबिधिमा होमिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ