Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचर्चित पत्रकार लामिछानेले आज नयाँ अभियानसँगै उम्मेदवारी घोषणा गर्दै !

चर्चित पत्रकार लामिछानेले आज नयाँ अभियानसँगै उम्मेदवारी घोषणा गर्दै !


काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज नयाँ राजनीतिक अभियानसँगै उमेद्वारी घोषणा गर्दैहुनुहुन्छ । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा लामिछानेले औपचारिक रुपमा उमेद्वारी घोषणा गर्न लाग्नुभएको हो ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिनुभएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने चर्चा चलेपनि औपचारिक घोषणा गरिएको छैन । स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म नखुलाएपनि राजनीतिक यात्रामा होमिएको भने टेलिभिजनबाट राजीनामा दिएसँगै लामिछानेले स्विकार गरिसक्नुभएको छ ।

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेको बताइएको छ । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षा लामिछाने र उहाँको टिमले गरेको छ । पत्रकारिताबाट राजनीतिक यात्रामा आफूलाई मोडाएका रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय समेत स्थापना गरिसक्नुभएको छ ।

टेलिभिजनकर्मबाट राजनीतिमा होमिनुभएका लामिछानेको अबको यात्रा कसरी अघि बढ्छ, कस्तो खाका प्रस्तुत हुँदैछ यसका लागि भने औपचारिक घोषणा सभा र बाँकी राजनीतिक यात्रालाई पर्खिनुपर्ने हुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ