Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहोटलमा लगेर बलात्कारसँगै नगद र सुन चोरी, एक सातामै प्रहरी फन्दामा !

होटलमा लगेर बलात्कारसँगै नगद र सुन चोरी, एक सातामै प्रहरी फन्दामा !


काठमाडौं । काठमाडौंको भोटेबहाल स्थित एक गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर नगद र गरगहना समेत लुटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठ २९ गते बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीय युवतीलाई पेय पदार्थमा नसालु पदार्थ खुवाई बलात्कारका साथै सुन र नगद लुटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारि दिनुभयो । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएको तर भेट भएपछि भने बलात्कार गरेर लुटपाट गरेका थिए । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत प्रष्ट रुपमा थाहा नभएको अनुसन्धानमा संलग्न एक प्रहरीले नेपाल ट्युबलाई जानकारि दिनुभयो ।

पूर्वयोजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल नम्बर इन्ट्री गराएको पाइएको छ । बलात्कारपछि पीडितको मोवाइल समेत लिएर अभियुक्त भागेका थिए । प्रहरी वृत कालीमाटीले ७ दिनको म्याद थपेर बलात्कार र चोरी मुद्दामा अनुसन्धान गरिरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ