Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentकमल हसनको नयाँ फिल्म ‘विक्रम’ को कमाई ४०० करोड नजिक !

कमल हसनको नयाँ फिल्म ‘विक्रम’ को कमाई ४०० करोड नजिक !


एजेन्सी, काठमाडौं। चर्चित दक्षिण भारतीय अभिनेता कमल हसनको नयाँ फिल्म ‘विक्रम’ ले विश्वव्यापी रुपमा ३५० करोड व्यापारको रेकर्ड बनाएको छ । लोकेश कनागराजले निर्देशित गरेको यो फिल्मले विश्वव्यापी रूपमा ३५० करोडको व्यापार पुरा गरेर ४०० करोडको व्यापारतर्फ अघि बढिरहेको पाइएको हो ।

मे २९ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा अत्यधिक राम्रो कमाई गरिरहेको छ । बक्स अफिसमा धेरै भन्दा धेरै कमाई गरेको यो फिल्मले नयाँ रेकर्ड बनाउने आँकलन भैरहेको छ । गत साताको अन्त्यसम्म यो फिल्मले भारतको तमिलनाडुमा सबैभन्दा धेरै कमाउने रेकर्ड बनाइसकेको छ । बढि व्यापार गर्ने फिल्म एसएस राजामौलीको बाहुबली २ द कन्क्लुजनलाई पछाडि पार्दै यो फिल्म उच्च कमाइको रेकर्डतर्फ लम्किएको छ । कमलले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको व्यानरमा निर्माण गर्नुभएको हो ।

यो कमल हसनको करियरको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म बनेको छ । फिल्ममा विजय सेतुपति, फहद फासिलको मुख्य भूमिका रहेको छ । फिल्ममा १० मिनेटको क्यामियो रोलमा अभिनेता सुर्यलाई देखाइएको छ । साथै फिल्म विक्रमलाई हिन्दी, तेलुगु र मलायालम भाषामा डब गरी एकैसाथ रिलिज गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ