Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleराउन्ड टेबल नेपालद्धारा नेपालको शिक्षा क्षेत्रमा २५ करोड रुपैयाँ भन्दा बढी लगानी !

राउन्ड टेबल नेपालद्धारा नेपालको शिक्षा क्षेत्रमा २५ करोड रुपैयाँ भन्दा बढी लगानी !


काठमाडौं । राउन्ड टेबल नेपालले शिक्षा क्षेत्रमा २५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । राउन्ड टेबलले एक प्रेश विज्ञप्ति जारी गर्दै कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको जानकारि गराएको हो ।

संस्थाले देशका विभिन्न स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ । अहिलेसम्म ३७३ कोठासहित ४० वटा शौचालय, ५८ वटा विद्यालय र अनाथालय निर्माण गरिसकेको पाइएको छ । शिक्षा क्षेत्रसँगै राउन्ड टेबल नेपालले स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ । विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा संस्थाले सघाइरहेको छ । कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्तर्गत बिरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण थियो ।

राउण्ड टेबल इन्टरनेशनलसँग आबद्ध रहेर सन् १९९९ मा स्थापना भएको यो संस्था नेपालभर ३२ च्याप्टरमा फैलिएको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थामा कुल ५१३ सदस्य रहेका छन् । संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेसन’ सञ्चालन गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ