Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसोमबारबाट नियमित सेवा थाल्दै देउराली बहुउदेश्यीय सहकारी !

सोमबारबाट नियमित सेवा थाल्दै देउराली बहुउदेश्यीय सहकारी !


ललितपुर । ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीले भोलीबाट आफ्नो काउण्टर खुल्ला राखेर नियमित सेवा दिने भएको छ । ठूलो रकम भुक्तानीको लोडका कारणले तीनदिन काउन्टर बन्द भएपनि सोमबारबाट नियमित रुपमा खुल्ने, असार मसान्तसम्म आंशिक भुक्तानी र यो अर्थिक बर्षको अन्त्यदेखी नयाँ आर्थिक वर्षको सुरुवातसम्ममा सहाकारीलाई पूर्ववत अवस्थामा फर्काइने प्रतिबद्धता संस्थाले जनाएको छ ।

करिब एक महिना अगाडि देखी सातदोबाटो कार्यालयबाट दैनिक ठूलो धनराशी भुक्तानी दिनुपरेको र संस्थाले सहकारी को मर्म अनुरुप जगेडा कोषमा जम्मा गरेको रकम समेत भुक्तानी गर्नुपर्दा आन्तरिक बाह्य र बिबिध स्रोतबाट तरलता ब्यबस्थापनमा लागि परेको र सो बिषयको जानकारी सम्पूर्ण बचतकर्ता तथा शेयर सदस्यहरुलाई गराइएको समेत सकारीले जनाएको छ । सातदोबाटो कार्यालयबाट प्रबाह भैरहेको नगद भुक्तानी ३ दिनको लागि मात्र बन्द गरिएको अवस्थामा केही अनलाइनले कपोकल्पित र तथ्यहिन समाचार प्रसारण गरेको प्रती समेत संस्थाले गम्भिर ध्यानाकर्षण भएको छ । सत्यतथ्य अध्ययन नगरि लेखिएका र लेखाइएका समाचारको भ्रममा नपर्न आग्रह गर्दै संस्थाले कसैले अनुमान गरे जस्तो सहाकरीमा गम्भिर समस्या नरहेको, तरलता ब्यावस्थापनको प्रयास भैरहेको दाबीगर्दै संस्थाले ढुक्क भएर अघि बढ्न सेयर सदस्य र बचतकर्तालाई अनुरोध गरेको छ ।

सम्पूर्ण सदस्यहरुमा कपोकल्पित र भ्रामक समाचारको पछि नलाग्न समेत सहकारीले अपिल गरेको छ । विगत केही वर्षदेखी विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को असर नेपाली अर्थतन्त्र र बिशेषत बैकिङ क्षेत्रमा देखापरेको अवस्थामा समेत देउराली बहुउद्देश्यीय सहकारी संस्थाले सेवाग्राहीलाई नियमित र निरन्तर रुपमा सबै काउन्टर बाट सेबा प्रवाह गरिएको स्मरण समेत संस्थाले गराएको छ । हिजोका दिनहरुमा जस्तै आज र भोलीका दिनमा पनि सहयोगसँगै सुझाब सल्लाह दिनुहुन समस्त शेयरधनीलाई देउराली बहुउद्देश्यीय सहकारीले अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ