Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानसेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान, असार १३ गते अमेरिका जाँदै !

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान, असार १३ गते अमेरिका जाँदै !


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा लेबनानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । द्धन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजलाई हौसला बढाउन तथा यूएन मिसनको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ शर्मा लेबनान प्रस्थान गर्नुभएको हो ।

रक्षा सचिवसहितको सात सदस्यीय भ्रमण दलको नेतृत्व गरी बाहिरिनुभएको शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको थियो । प्रधानसेनापति महारथी शर्मा नेतृत्वको भ्रमण दलले असार १० गतेसम्म संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनानको युनिफिल मिसन र त्यसपछि सिरियाको यूएनडीओफ मिसनको निरीक्षण भ्रमण गर्नेछ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेबनान, सिरिया, युनिफिल मिसन र यूएनडीओफका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ । नेपालका मानार्थ महावाणिज्यदूत तथा लेबनानका सरकारी अधिकारीहरूले स्वागत गर्नु हुनेछ । त्यसपछि लेबनानी सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गर्ने कार्यक्रम रहेको छ । लेबनान प्रस्थान गर्नुअघि प्रधानसेनापति शर्मालाई शुक्रवार नै जङ्गी अड्डानमा सम्मानगारत अर्पण गरिएको थियो । यो भ्रमणपछि प्रधानसेनापति शर्मा असार १३ मा संयुक्त राज्य अमेरिकाकाको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मालगायतको टोली असार १९ गते स्वदेश फर्किने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ